आफ्नो क्षेत्रमा विशिष्ट भुमिका खेल्दै इटहरीको उचाइ बढाउन योगदान पुर्याएको भन्दै नेपाली काग्रेस इटहरी नगर समितिले २०६९ असोज १६ गते कलालय सहित पाँचवटा संस्था र दुईजना व्यक्तिलाई इटहरी गौरव २०६९ले सम्मान गरेको छ । कलालय इटहरीसगैं, संगितसाधना प्रतिष्ठान इटहरी, जनता मावि इटहरी, जनता क्याम्पस इटहरी र उद्योगबाणिज्यसंघ पनि सम्मानित भएको हो । साहित्यबाट इटहरीलाई अन्तराष्ट्रिय रुपमा चिनाउँन भुमिका खेलेको भन्दै चर्चित युवा कवि मनु मन्जिललाई पनि इटहरी गौरवबाट सम्मान गरिएको छ । त्यस्तै इटहरीका समाजसेवी तिर्थ गौतमलाई मरणोप्रान्त काग्रेसले सम्मान गरेको छ ।
सडबालबालिका
कलालयले २०६९ भदौमा आयोजना गरेको होम थिएटरमा कलाकारको प्रस्तुती
बालबालिका
कलालयले २०६९ भदौमा आयोजना गरेको होम थिएटरमा सडक बालबालिकाको भूमिकामा नानीहरु
आफ्नै कथामा
आफ्नै कथामा अभिनय गर्दै
अन्तिममा एक पोज
स्कुल थिएटर २ को अन्तिम दिन २०६९ बैसाख ३१ जेसिज भवन इटहरी
