होम थिएटर, शब्दचित्र

इटहरीका गृहिणीहरुले मंगलबार आफ्नै कथामा नाटक मञ्चन गरेका छन् ।
तीजको अवसरमा कलालय इटहरीले आयोजना गरेको होम थिएटरमा गृहिणीहरुले आफ्ना कथा मञ्चन गरेका हुन् । जागरण महिला समुह र महिलासीप विकास तालिम केन्द्रका १८ जना गृहिणीको प्रस्तुती हेरेर दर्शकले भरपुर मनोरञ्जन लिए । २० देखि ६१ वर्षसम्मका महिलाहरुले गाउं घर र परिवारका कथालाई विषयवस्तु बनाइएका ६ वटानाटक होम थिएटरमा प्रस्तुत गरिएको थियो । थिएटरमा सर्मिला चौधरी आफ्नै कथामा मञ्चमा आएकी थिइन् । उनको कथामा नाट्क मञ्चन भैसक्दा प्रायजसो दर्शका आँखामा टिलपिल आँसु देखिन्थ्यो । सडक बालबालिकाको कथामा कलालयको स्कुल थिएटरका बालबालिकाले गृहिणीहरुलाई साथ दिएका थिए ।
नाटकमा छोराछोरीप्रति गरिने विभेद, सडक बालबालिकाको अवस्था र समाजमा हुने झैझगडालाई कथावस्तु बनाएर नाटक र गीति नाटकहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रम हेर्न आएका प्राध्यापक डाक्टर अभि सुवेदीले यो अभियान नेपालमै नयाँ भएको बताए । उनले कविता र गृहिणीका कथालाई आफैले नाटकमा उतार्नु प्रसंसनियमात्र नभएर ऐतिहासिक भएको बताए । सर्वसाधारण महिलाको जीवनीमा आधारित नाटक प्रदर्शन गरिएको नेपालमै पहिलो भएको आयोजक कलालयका अध्यक्ष सोनु जयन्तीले दावी गरे । गृहिणहिरुलाई एक महिनासम्म अभ्यास गराएर मञ्चमा उतार्न सफल भएको उनको भनाइ थियो । सबै तस्विर दुर्गा विष्ट 
































































0 comments:

Copyright © 2012 कलालय.