सम्मान झलक
आफ्नो क्षेत्रमा विशिष्ट भुमिका खेल्दै इटहरीको उचाइ बढाउन योगदान पुर्याएको भन्दै नेपाली काग्रेस इटहरी नगर समितिले २०६९ असोज १६ गते कलालय सहित पाँचवटा संस्था र दुईजना व्यक्तिलाई इटहरी गौरव २०६९ले सम्मान गरेको छ । कलालय इटहरीसगैं, संगितसाधना प्रतिष्ठान इटहरी, जनता मावि इटहरी, जनता क्याम्पस इटहरी र उद्योगबाणिज्यसंघ पनि सम्मानित भएको हो । साहित्यबाट इटहरीलाई अन्तराष्ट्रिय रुपमा चिनाउँन भुमिका खेलेको भन्दै चर्चित युवा कवि मनु मन्जिललाई पनि इटहरी गौरवबाट सम्मान गरिएको छ । त्यस्तै इटहरीका समाजसेवी तिर्थ गौतमलाई मरणोप्रान्त काग्रेसले सम्मान गरेको छ ।
0 comments: